गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
गुल्मी | बैशाख १४, २०८०
गुल्मी: गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गएराती दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
मृत्यु हुनेमा सह-चालक बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएराती करिब ११ः४० बजे दर्लिङ्गदेखि बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।
यसैगरी सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् ।
घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...

